
बलिउड नायिका सोनल चौहान रक्रिकेटर केल राहुलको प्रेम प्रसंग अहिले चर्चामा छ । यसबारेमा केएल राहुलका तर्फबाट कुने प्रतिक्रिया नआएपनि सोनलले भने आफ्नो कुरा राखेकी छन्।
‘केल एल राहुल एकदमै राम्रा क्रिकेटर हुन् र उनी निक्कै प्रतिभाशाली छन् तर हामीबीच त्यस्तो केहि भएको छैन’ टाइम्स अफ इण्डियामा प्रकाशित एक रिपोर्टमा उनले भनेकी छिन्। सोनल बलिउडमा ‘जन्नत २’मा इमरान हाशमीको जोडी बन्दै डेब्यू भएकी थिइन्।
अब प्रेम परिरहेको बन्ने बारेमा सोनलकै यस्तो भनाइ आइसकेपछि चलेको हल्ला मत्थर हुने अनुमान गर्न सकिन्छ तर यसअघि पनि कयौं प्रसंगमा प्रेम छैन भने पनि पछि सत्य साबित भएका घटना छन्। यस्तोमा सोनल र केएल राहुल पनि अछुतो नरहन सक्छन्।केएल राहुलको नाम सोनलअघि आकांक्षा रंजन कपुरसँग पनि जोडिएको थियो।