Logo
१९ असार २०७८
(Saturday 3rd July 2021)

निर्माणाधीन क्रिकेट रंगशालाको बारमा डोजर लगाउने पक्राउ



निर्माणाधीन अन्तरारष्ट्रिय गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मूख्य आरोपित प्रकाश कँडेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गएराति रामपुरबाट पक्राउ गरेको हो ।
मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेललाई घटना भएको १२ घण्टापछि समातिएको हो । लुक्दै हिँडेका कँडेललाई विशेष सूचनाको आधारमा भरतपुरबाट पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा एकजना महिला पनि रहेकी छिन् । पक्राउ परेकी महिलाको स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरी परिवारको जिम्मा लगाइएको र अरूलाई हिरासतमै राखिएको जनाइएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरिएको बताए । रंगशाला निर्माणस्थलमा बार भत्काउने कामप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घटना दुखद भएको बताएकी छिन् । उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीसंग आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्