Logo
Logo

स्टेनको चोटले दक्षिण अफ्रिकालाई सुरुवाती झट्का



फाइल तस्बिर
फाइल तस्बिर

विश्वकप क्रिकेटको १२औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ। इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा १० वटा टोली सहभागी छन्। विश्वकप मे ३० तारिखमा सुरु भएर १४ जुलाईसम्म चल्नेछ। विश्वकप अवधिभरमा कुल ४८ खेल हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

उद्घाटन खेल लन्डनस्थित दी ओभल क्रिकेट मैदानमा खेलिनेछ। विश्वकपका अधिकांश खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा आयोजित ११औं विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो।

यसपटक विश्वकपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। आईसीसीले यो विश्वकपमा नगद पुरस्कार लागि कुल १ करोड अमेरिकी डलर छुट्याएकाे छ। विजेता टोलीले ४० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। उपविजेताले २० लाख डलर प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले १६/१६ लाख डलर पाउनेछन्।

यसका अतिरिक्त लिग चरणमा प्रत्येक खेल जितेबापत सहभागी टोलीले छुट्टै ४० हजार डलर पुरस्कार प्राप्त गर्नेछन्। सन् २०१५ को विश्वकपमा भने विजेतालाई ३७ लाख ५० हजार र उपविजेतालाई १७ लाख ५० हजार डलर पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, भारत, इङ्ल्यान्ड, बंगलादेश, अस्ट्रेलिया र अफगानिस्तानको सहभागिता रहेको छ।पेस बलर डेल स्टेनको चोटको कारण दक्षिण अफ्रिकालाई ठूलो धक्का लागेको छ । पछिल्लो बर्ष उत्कृष्ट लयमा रहेको इंग्ल्यान्डसंगको खेलमा स्टेनको चोटका कारण दक्षिण अफ्रिकालाई ठूलो समस्या परेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको