प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली प्रस्थान गर्दै छन् ।  प्रधानमन्त्री ओलीको आज दिउसो १:३५ बजेको उडानबाट भारतको दिल्ली जाने कार्यक्रम छ ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोह छ । मोदीसँग द्विपक्षीय वार्तापछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको छ । तर, पाकिस्तानका प्रधानमन्त्रीलाई भने निमन्त्रणा गरिएको छैन ।मोदीको सपथग्रहणमा सार्क मुलुकमा पर्ने पाकिस्तान, अफगानिस्तान र मालदिभ्सका सरकारका प्रमुखलाई भने दिइएको छैन । मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।