Logo
०६ बैसाख २०७८
(Monday 19th April 2021)

लोकतन्त्रमाथि आक्रमण भयो, रक्षाका लागि तयार रहनुहोस् : देउवा



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि आक्रमण सुरु गरेको भन्दै रक्षाका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा सम्बोधन गर्दे पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको आरोप लगाए।

सभापति देउवाले प्रेस स्वतन्त्रता नभएको ठाउँमा लोकतन्त्र नै नहुने दावी गरे। लोकतन्त्रका लागि निरन्तर रुपमा लड्दै आएको कांग्रेस फेरि पनि लड्न तयार रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्