Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

अजय देवगनका पिताको निधन



बलिउड अभिनेता अजय देवगनका पिता एवं स्टन्ट मास्टर विरु देवगनको निधन भएको छ । विरु देवगन एक चर्चित एक्सन निर्देशक थिए । उनले धेरै सुपरहिट फिल्ममा स्टन्ट कोरियाग्राफ समेत गरेका थिए ।विगत केही बर्षदेखि अस्वस्थ रहेका विरु देवगनले ७७ वर्षको उमेरमा सोमबार मुम्बईमा अन्तिम सास लिए ।

 

उनले करिब १५० बढी फिल्ममा एक्सन र फाइट सीन कोरियोग्राफ गरेका थिए ।उनी एक्सन निर्देशनका साथै फिल्म निर्देशन पनि गरिसकेका छन् । उनले सन् १९९९ मा रिलिज भएको ‘हिन्दुस्तानकी कसम’ बनाएका थिए ।(एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्