Logo
Logo

गणतन्त्र दिवसका अवसरमा विशेष समारोह



गणतन्त्र दिवसका अवसरमा अहिले सैनिक मञ्च टुँडिखेल सैनिक मञ्चमा विशेष समारोहको  आयोजना गरिएको छ । समारोहमा उपत्यकाका विभिन्न स्थानीय तहले झाँकी प्रदर्शन गरेका थिए । सुरक्षा निकाय र राष्ट्रिय खेलकुद परिषद्को समेत विशेष प्रदर्शनी रहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, मन्त्री, सुरक्षा निकायका प्रमुखलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरेका थिए । १५ जेठ ०६५ मा संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
बुधबार साँझ ६ बजे राष्ट्रपति भण्डारीले नारायणहिटी संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारकको उद्घाटन गर्ने कार्यक्रम छ । आठ वर्षअघि निर्माण सुरु भएको स्मारकको निर्माण कार्य सम्पन्न भइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?