Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

लोकप्रिय बजेट आउँदै



आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेट बुधबार संघीय संसदमा प्रस्तुत हुँदैछ । बुधबार दिउँसो ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्नेछन् । उनले संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रियको संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

 दुई तिहाइ जनमतसहितको सरकारको पहिलो बजेटले जनतामा उत्साह जगाउन नसकेको तथा पार्टी घोषणापत्रलाई नै बेवास्ता गरेको भन्दै आलोचना भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रो बजेटमा लोकरिझ्याइँका कार्यक्रम समावेश गरेको बुझिएको छ।

आर्थिक वर्ष २०७६र७७ को बजेटमा अर्थमन्त्री खतिवडाले उत्पादनमूलक क्षेत्रको लगानी र उत्पादन विकासलाई प्राथमिकतामा राखेका छन्। निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग सञ्चालनका लागि आकर्षक प्याकेज ल्याउन लागिएको बजेट निर्माणमा सम्बद्ध स्रोतले बताएको छ। यसबाहेक कृषिमा जोखिमका आधारमा सरकारबाट संरक्षण प्रदान गरिने कार्यक्रम ल्याउन लागिएको छ । ऊर्जा  तथा यातायातलाई विशेष प्राथमिकतामा राखिएको छ।

राष्ट्रिय गौरवका आयोजनालाई आगामी केही वर्षभित्र सम्पन्न गर्ने गरी झन्डै डेढ खर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। सरकारको नीति तथा कार्यक्रममै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष २०७६/७७ भित्र सम्पन्न गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्