Logo
Logo

भिडियो सार्वजनिक भए पछि चान्सलर पदमुक्त



अष्ट्रियाको संसद्ले चान्सलर सेबास्टियन कर्जलाई पदमुक्त गरेको छ। संसारकै कान्छा राष्ट्रप्रमुख कर्जविरुद्ध संसदको विशेष अधिवेशनमा दर्ता भएको अविश्वास प्रस्ताव पारित भए उनी पद मुक्त भएका हुन्। ३२ वर्षीय कर्ज सन् २०१७ डिसेम्बरदेखि अष्ट्रियाका चान्सलर थिए। प्रमुख प्रतिपक्षी दल सोसल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव स्वीकृत भएपछि उनी सत्ताबाट हटेका हुन्।
अस्ट्रियन पिपल्स पार्टीका अध्यक्ष समेत रहेका कर्जको सन् २०१७ को एउटा भिडियो पछिल्लो समय बाहिरिएपछि उनी विवादमा परेका थिए। सो भिडियोमा कर्जले राजनीतिक हित र स्वार्थका कुरा गरेका बताइएको छ। भिडियोमा कर्ज र रसियाकी एक धनी परिवारकी महिलाबीच अष्ट्रियाली अखबारको सेयर किनेर पार्टीलाई सहयोग पुग्ने खालको सामग्री प्रकाशित गर्ने कुरा भएको छ।
यसपछि प्रमुख प्रतिपक्षीले अविश्वास प्रस्ताव दर्ता गरेको हो । अष्ट्रिया संसदका कुल १८३ जना सदस्यमध्ये ५१ सिट भएको प्रमुख प्रतिपक्षी सोसयल डेमोक्र्याट्स (एसपीओ) र ५२ सांसद रहेको फार राइट फ्रिडम पार्टीले कर्जका विपक्षमा मत हालेका हुन्।
कर्ज पदच्यूत भएसँगै अष्ट्रियाली राष्ट्रपति अलेक्जेन्डर भान दे बेलेनले भाइस(चान्सलर हार्ट्विग लोगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन्।अष्ट्रियामा आगामी सेप्टेम्बरमा चुनाव हुने अनुमान छ। केही समयअघि मात्र भाइस(चान्सलर नियुक्त भएका लोगरले नयाँ सरकार नबनुञ्जेल नेतृत्व सम्हाल्ने छन्। ( एजेन्सीको सहयोगमा )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको