Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

सुरु भयो तातोपानी नाकाबाट समान ल्याउने काम



भूकम्पपछि बन्द भएको नेपाल–चीन तातोपानी नाका मंगलबारदेखि खुलेको छ । ०७२ सालमा आएको भूकम्पपछि सिन्धुपाल्चोक र चीनको खासा जोड्ने तातोपानी नाका बन्द भएको थियो ।

सिन्धुपाल्चोक जिल्लाको लिपिङ्गबाट मंगलबार बिहान ४ वटा कन्टेनर खासा पठाइएको छ । त्यससंगै तातोपानी नाकाबाट औपचारिक रुपमा नेपाल(चीन व्यवसाय शुरु भएको छ । मंगलबार गएका कन्टेनरले ऊन ल्याउने भएका छन् । बुधवार कन्टेनर नेपाल फर्किने छन् ।

नेपाल चीन जोड्ने मितेरी पुल बनाइएपछि नाका शुरु भएको हो । पुल मर्मतको काम भने अझै पनि पुरा भएको छैन् । नाका सञ्चालनका लागि नेपाल र चीनबीच पटक पटक वार्ता भएको थियो । अहिले सडक निर्माणको कामले पनि गति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्