
साविक विजेता अस्ट्रेलिया अहिले बिश्वकप क्रिकेटको उपाधिको प्रबल दाबेदार टोली हो । प्रतियोगिता सुरु हुन दुइ दिन मात्र बाकीँ रहदा उपाधि रक्षाको यात्रामा रहेको अस्ट्रेलियाका सामु केही प्रश्न तेर्सीएका छन् । पहिलो प्रश्न त उस्मान ख्वाजा र साउन मार्स मध्य कसलाई प्राथमिकता दिने भन्ने नै हो । ख्वाजा र मार्स दुवै पूर्ण रुपमा फीट भएका छैनन् भने डेविड वार्नर र स्टेभन स्मिथ फेरी टोलीमा फर्कीएका छन् । टोलीमा प्राथमिकता पाउन पर्ने सबैका आफ्ना आफ्ना कारण छन् । तरपनि, यी मध्य ख्वाजाका दावी गर्ने आधारहरु सबैभन्दा बलिया छन् । उनले पछिल्ला १३ पारीमा ७६९ रन प्रहार गरेका छन् । पछिल्लो समय श्रीलंकासंगको खेलमा पारीको सुरुवात गरेर राम्रो लयमै रहेका ख्वाजा दुइ वटा चोटको सामना गरेका छन् । पहिलो टाउकाको र अर्को घुडाँमा । उनका सामु ब्याटिङका दुइ विकल्प छन् । पहिलो एरोन फीन्चसंग मिलेर पारीको सुरुवात गर्ने या तेश्रो क्रममा ब्याटिङ गर्दै वार्नरलाई पारीको सुरुवात गर्ने मौका दिने ।
मार्सले अहिले संघर्ष गरे पनि दक्षिण अफ्रिका, भारत र इंग्ल्यान्डसंगका समेत गरी कुल आठ पारीमा उनले प्रहार गरेको चार सतकलाई नजरअन्दाज गर्न भने मिल्दैन ।
अस्ट्रेलियाकै सामु तेर्सीएको अर्को प्रश्न स्पीनरकै बारे हो । एक स्पीनर खोलाउने या दुइ स्पीनर भन्ने अहिलेको महत्वपूर्ण प्रश्न हो । इंग्ल्यान्डसंगको ववर्मअप खेलमा टोलीका सबै खेलाडीले खेल्ने मौका पाएका थिए । खेलकै सन्दर्भमा फीन्चले एडम जाम्पा टोलीका पहिलो स्पीनर भएको बताए । लीयोनलाई त कम आक्न नै मिल्दैन । त्यसो त तीन सीमर र दुइ स्पीनर राम्रो विकल्प पनि हुन सक्छ । अर्को महत्वपूर्ण विकल्प एलेक्स क्यारीलाई छैटौ क्रममा ब्याटिङ गराउने र ग्लेनम्याक्सवेललाई १० ओभर बलिङ गराउने पनि विकल्प छ । केही ओभर स्मिथबाट गराउने विकल्प पनि छ । कप्तान फीन्चले नै पाकिस्तानसंगको खेलमा १० ओभरमा ४१ रन दिएर एक विकेट पनि लीएका कारण उनी पनि बलिङका लागि राम्रो विकल्प हुन सक्छन् ।
प्याट कुमीन्स र मिचेल स्टार्कको विकल्प छैन । तर, तेश्रो सिमर को भन्ने प्श्न तेर्सीएको छ । नाथन कुल्टरनाइन, केन रिचर्डसन र जेसन बेरेन्डफ तीन विकल्पमध्य कुल्टरनाइन आबस्यक पर्दा राम्रो ब्याटिङ पनि गर्छन् । रिचर्डसन डेथ ओभरमा राम्रो बलर हुन् भने बेरेन्डफ नयाँबलमा राम्रो बलिङ गर्ने गर्छन् ।