Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

अब स्थानीय तहमा पनि प्रबेश परिक्षा



लोकसेवा आयोगले स्थानीय तहको लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । अबको नयाँ पाठ्यक्रम अनुसार स्थानीय तहमा पनि पहिलो चरणमा प्रवेश परीक्षा पास गर्नुपर्ने छ । लोकसेवा आयोगले सुरुमा अधिकृत तहमा प्रवेश परीक्षा पास भएकाहरुलाई दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । पछि सुब्बाका लागि पनि त्यस्तै व्यवस्था गरिएको हो । संघीय संरचना अनुसारको नयाँ पाठ्यक्रम बनाउँदा पनि एक सय पूर्णांकको लिखित प्रवेश परीक्षालाई निरन्तरता दिइएको छ ।
अहिले स्थानीय तहका प्राविधिक र अप्राविधिकतर्फ चौथो, पाँचौ र छैठौं तहको पाठ्यक्रम सार्वजनिक गरिएकोे छ । छैठौं तहका महिला विकास अधिकृत, नापी अधिकृत, तथ्यांक अधिकृत, वातावरण निरीक्षक, वातावरण इन्जिनियर र शिक्षा प्रशासन अधिकृत पदमा दुइ पटक लिखित परिक्षा दिनु पर्ने छ । यसैगरी, कम्प्युटर अधिकृत, कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर, बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर तथा पाँचौं तहको महिला विकास निरीक्षक पदमा पनि दुई पटक लिखित परीक्षा दिनुपर्ने छ । पहिलो लिखित परीक्षा (प्रवेश परीक्षा)मा पास भएकाहरु मात्र दोस्रो लिखित परीक्षामा सहभागी हुन पाउने छन् ।
चौथो तहको सहायक कम्प्युटर अपरेटर, चौथो तहकै अमिन, पाँचौ तहको सब इन्जिनियर, कम्प्युटर अपरेटर, तथ्यांक सहायक, सर्भेक्षक र प्राविधिक सहायक (शिक्षा) का लागि भने प्रवेश परीक्षाको व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्