Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

१८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन



काठमाडौं । ‘प्रेमगीत’ फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । दशैं अगावै फ्लोरमा जाने ‘प्रेमगीत ३’ का लागि निर्माण टिम ‘गीत’ को क्यारेक्टरका लागि अभिनेत्रीको तिव्र खोजीमा छ । ‘प्रेम’ को भूमिका भने तेस्रो पटक पनि अभिनेता प्रदीपले नै देखिदैछन् । केही हप्ता अगाडि निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रदीपको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो ।

१८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीले फिल्मको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने निर्माण कम्पनीले जानकारी गराएको छ । जेठ १० गते बिहीवारबाट अडिसन आह्वानको मिति सकिएको छ । निर्माता सन्तोष सेनले २ हजार ७ सय १४ जनाले ‘गीत’ को क्यारेक्टरका लागि आवेदन दिएको बताए ।

आवेदन दिएकाहरु मध्येबाट शुक्रवार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ । निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठलगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो ।
अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात् फिल्मको ‘गीत’ पात्रका लागि एक जना छनोट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्