Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा निमन्त्रणा



काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागि हुन निमन्त्रणा आएको छ।

बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगला खाडीको प्रयास बिमस्टेकका सरकार तथा राष्ट्र प्रमुखलाई मोदीले शपथ ग्रहण समारोहमा निमन्त्रण गरेका हुन्।

भारतको अगुवाइमा स्थापना भएको बिमस्टेकको नेपाल सदस्य राष्ट्र हो।

भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा उपस्थित हुन औपचारिक पत्र आएको छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘आन्तरिक तालिका तथा छलफलपछि यो विषयमा निर्णय हुनेछ।’

शपथमा प्रधानमन्त्री ओलीले सहभागिता जनाउने वा नजनाउने निश्चित भइसकेको छैन। मोदीको शपथग्रहण जेठ १६ गतेलाई तय भएको छ।

प्रतिक्रिया दिनुहोस्