
काठमाडौं उपत्यकाबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । आइतबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा शृंखलाबद्ध विस्फोट र देशैभर बम आतंक बढेपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।