Logo
१९ असार २०७८
(Saturday 3rd July 2021)

धेरै चाप मृत्युको कारण नभएको नेपाली अधीकारीको दावी




नेपालका पर्यटन अधीकारीहरुले सगरमाथा आरोहणको क्रममा धेरैको ज्यान जानुको कारण आरोहीको संख्या धेरै हुनु मात्र नभएको दावी गर्दै मौषमको कारण पनि धेरैको ज्यान गएको बताएका छन् । नेपाल पर्टटन बोर्डका महाप्रबन्धक डन्डु राज घिमिरेले मौषमका कारण दुर्घटना भएको बताएका हुन् । यो सिजनमा मात्र १० जना हराएको या निधन भएको जनाइएको छ ।
घिमिरेले चालु सिजनमा ३ सय ८१ जनाले आरोहण गरेको बताउदै आठ जनाको ज्यान गएको तथा अन्य १० हराएको या निधन भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा ४४ बर्षिया बेलायती नागरिक रोबीन हायनेस फीसर समेत रहेका छन् । यसैगरी, ५६ बर्षिय केभिन हायनेसको मृत्यु भइसकेको छ । एक नेपाली सहित चार भारतीय, एक अस्ट्रेलियाइ र अर्को एक अमेरिकी पनि हराइरहेका छन् ।
भारतीय नागरिक निसल अस्पाक भागवानको सगरमाथामा धेरै चाप भएका कारण १२ घन्टा रोकिनु परेको र निधन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्