Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

गोलेले गठन गरे मन्त्री परिषद



सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ गोलेले सोमबार सिक्किमको छैठौं मुख्यमन्त्रीको सपथ लिएका छन् । साथै उनले ११ सदस्यीय मन्त्री परिषद गठन गरेका छन्। सिक्किमका राज्यपाल गंगा प्रसादले स्वीकृती दिए पछि उनको सपथ भएको हो ।

नियमअनुसार, भ्रष्टाचारको मुद्दामा एक वर्ष जेल बसेर निस्केका तथा विधायक पनि नरहेका गोलले मुख्यमन्त्री कायम रहन आगामी ६ महिनाभित्र विधायकमा निर्वाचित हुनपर्नेछ ।

सोमबार गान्तोकको पाल्जर रंगशालामा आफ्ना कार्यकर्ता र समर्थककाबीच भएको उनका सपथग्रहण समारोह पवन चाम्लिङ नेतृत्वको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्टले भने बहिस्कार गरेको छ। भ्रष्टाचारको मुद्दामा एक वर्षको जेल सजाय पाएका गोले कानुनी अड़चनका कारण चुनाउ लड्न पाएका थिएनन् । गोले नेतृत्वको मन्त्री परिषदमा कुङ्गा निमा लेप्चा,सोनाम लामा,बेदुसिंह पन्त, डा मणिकुमार शर्मा,अरुण कुमार उप्रेती,साम्डुप लेप्चा, लोकनाथ शर्मा,मिङ्मा नोर्बु शेर्पा,कर्मा लोडे भोटिया, भीमहाङ सुब्बा रसञ्जीत खरेल रहेका छन् । मन्त्रीहरूको विभाग छुट्याइएको छैन।

प्रतिक्रिया दिनुहोस्