Logo
Logo

देशमा अश्थिरता छैन ः प्रचण्ड



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले देशमा राजनीतिक अस्थिरता नरहेको दावी गरेका छन्। मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभा उदघाटनका लागि विराटनगर पुगेका अध्यक्ष प्रचण्डले सोमबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विस्फोट गर्दैमा विप्लव समूहले राजनीतिक उद्देश्य प्राप्त नगर्ने बताए। ‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन’, उनले भने।

उनले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताए। ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्तत वार्तामा आउनुको विकल्प छैन’ उनले भने, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ।’ उनले वार्तामा आउने हो भने प्रतिबन्द ठूलो कुरा नभएको बताए।

उनले सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेको बताउँदै छिट्टै परिणम निस्केपछि थाहा हुने बताए।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?