Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

पेट्रोल बम प्रहारबाट चालक घाइते



काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार गरेको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइते भएको जनाइएको छ ।
विप्लव कार्यकर्ताले सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु२ख १०८ नम्बरको सिमेन्ट लोडेड ट्रकमा पेट्रोल बम प्रहार गरेको प्रहरी जनाएको छ ।

पेट्रोल बम प्रहारबाट ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खसेर आगो लागेको समाचारमा उल्लेख छ । ट्रक चालकको ढाड र अनुहार जलेको छ । उनको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहचालकको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्