Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

“बर्लीन पेसेन्ट” संयाग मात्र होइन सकरात्मक सन्देश पनि थिए



काठमाडौं “वेल्समा अझै पनि एचआइभी संक्रमीतलाई घृणाको दृष्टिकोणले हेरिन्छ । मलाई थाहा छैन,यो किन हो ?”४३ बर्षिय डान जोन्सको भनाइ हो यो । सन् २०१० मा एचआइभी संक्रमीत भएका उनी अझै एक बच्चालाई जन्म दिने योजनामा छन् । गत बर्ष ३० औ बिश्व एचआइभि दिवस मनाइयो । यसै अबसरमा वेल्समा आयोजना भएको कार्यक्रममा उनले गुनासो गरेका हुन् । त्यसोत अहिलेसम्म उपचार पद्धतीमा धेरै लामो फड्को विज्ञानले मारीसकेको छ । परन्त,ु यस रोगको संक्रमण हुनेलाई घृणा गर्ने प्रचलन नेपालमा मात्र होइन पाश्चात्य मुलुकमा पनि छ । वेल्समा यो रोगबाट संक्रमीतको संख्या त सन् २०१० को दशकमा अझ बढेको हो । सन् २०१६ मा १४१ जनामा यो संक्रमण देखिएको थियो । जुन कुल सेक्सुयल ट्रान्समिसन डिजिज (एसटीडी)को १.१ प्रतिसत हो ।
वेल्सका टेरि हेगीन्स एड्सका कारण मर्ने सयुक्त अधिराज्यका पहिलो ब्यक्ति हुन् । उनकै नाममा स्थापीत टेरे हिगिन्स ट्रस्टले अहिले यो रोगको संक्रमण हुनेलाई घृणा नहोस भन्नका लागि अभियान नै चलाएको छ । कार्डिफमा बसोबास गर्ने जोन्स सामाजीक सस्थामा सक्रिय छन् । उनले धेरै यस खाले संक्रमण भएको ब्यक्ति देखेका छन् ।
जोन्सले सुरुका दिनमा परिक्षण गर्न मानेका थिएनन् । सुरुमा यो संक्रमण आफूलाई नहुने ठहर गरे । पछिल्लो समय भएको थाहा भए आकास खसे झै लाग्ने महशुष भएको थियो,उनलाई । तर, मन दहे गरेर उनले परिक्षण गरेका थिए । यस पछि आफू संक्रमीत भएको थाहा पाए । त्यसो त उनी ८० को दशक देखि समलीगीसंग पनि नजीक थिए ।
जोन्सकी पत्नी डारा केन्ट साच्चै आमा बन्न चाहन्थीन् । यो थाहा भए पछि चार बर्ष त श्रीमान् र श्रीमतीको बोलचाल नै भएन । त्यस पछि उनी नियमित औषधी सेवन गर्न थाले । पोजेटिभ देखिएको संक्रमण नेगेटिभ त हुने कुरा भएन । तर, संक्रमण त्यत्ती तीब्र फैलीएन पनि । विस्तारै उनी सन्तानलाई जन्म दिने योजनामा अघि बढे । विचमा ६ महिना औषधी सेवन गर्न छाडेको समयमा भने उनलाई एचआइभिको असरकै रुपमा क्यान्सर देखा प¥यो । उनी फेरी औषधी सेवन गर्न ब्यस्त छन् । जुन समय एचआइभि संक्रमण पत्ता लागेको थियो, समय धेरै फेरिइसकेको छ । तर, बिश्वसका विकसीत मुलुकमा समेत घृणाको धारणा यथाबत छ । जसलाई परिवर्तन गर्न टेरे हिगिन्स ट्रस्ट अहिले पनि सक्रिय छ ।
उनले भोगेको घृणा मात्र होइन, चिकीत्सा क्षेत्र र मान्छेको सभ्यतामा नै एउटा चुनौती बनेको यो संक्रमणसंग जोडीएका धेरै पिडादायक कथा छन्, संसारभरी । तीनैलाइ साहनुभुती दिन र बाच्ने प्रेरणा दिन डिसेम्बर १ संसारमा नै एचआइभि डेको रुपमा मनाइन्छ । २५ किसीमका सेक्सुएल ट्रान्समीसन डिजिज (एसटिडी) मध्यको एक एचआइभी २० औ शताब्दीको सुरुवातमा मध्य पश्चिम अफ्रिकामा मानब जस्तै देखिने गैर मानबमा रहेको बिश्वास गरिन्छ । यसैबाट मान्छे सक्रमीत भएको मानीन्छ । एचआइभी “वान” क्यामरुन तथा एचआइभी “टु” सेनेगल र आइभोरी कोस्टमा रहेको बादर र चिमपान्जीबाट मान्छेमा सरेको अनुमान गरिन्छ ।
सन् १९१० तीर पश्चिम अफ्रिकामा यो संक्रमण बढ्दै गए पछि अफ्रिकामा साम्राज्य रहेका युरोपका शक्ति राष्ट्रमा पनि यो संक्रमण सर्दै गएको अनुमान छ । अफ्रिकामा केही यस्ता गाउँ समेत थिए जहाँ ४५ प्रतिसत महिला बेश्याबृत्ती गर्थे । त्यसो त एउटा अनुमान के पनि छ भने दोश्रो बिश्व युद्धको समयमा लापर्वाही ढंगले औषधी उपचार भएको थियो । यस क्रममा सिरिन्ज सेयर पनि भए । यही कारण युरोपमा यसको संक्रमण सरेको हो ।
एड्सनै औपचारिक रुपमा पत्ता लागेको भने सन् १९८१ मा अमेरिकामा हो ।केही“ ड्रग एडिक्ट” र समलींगीहरुमा एउटा समस्या देखा परेको थियो । रोग प्रत्याक्रमणको क्षमता नै देखिएन । सुरुमा यीनीहरुमा निमोनीयाको जस्तो लक्षण देखियो । ती समलींगीहरुमा विस्तारै छालाको क्यान्सर पनि देखियो । युएस सेन्टर फर डिजिट कन्ट्रोल एन्ड प्रीभेन्स( सिडीएस)ले यसको कारण खोजी गर्न थाल्यो । सडिीएसले नै रोगको प्रत्याक्रमण क्षमता नै नभएका कारण औषधीले काम नगरेका पत्ता लगायो । तर, सन् १९६६ मा नर्वेमा नै यो संक्रमण देखिए पनि उनीहरुले नामाकरण गर्न सकेका थिएनन् । सन् १९८३ मा अमेरिकी बैज्ञानीक रोबर्ट गालो र फ्रान्सेली बैज्ञानीक फ्रान्सेस बारो निगाउसीले भिन्न समुह बनाएर यसको अध्ययन गरेका थिए । यो दुइले एड्स भएको ब्यक्तिमा सिडी फोर कम भएको तथा घाटीमा गाठा भएको पत्ता लगायो । अनी त्यही गाठो पाक्दै जाने र कमजोर हुने गरेको पनि पत्ता लगायो । यही बाट यो संक्रमणको पहिलो लक्षण पत्ता लागेको हो । सुरुमा दुइ समुहले यो भाइरसको नाम एचटिएल र एटिएलभि राखेका थिए । पछि यी दुवैको नामको साटो सन् १९८६ मा एचआइभि राखियो । यस अघि युनिभर्षीटी अफ क्यालीफोर्नीयामा रहेका डा. जे लेभीले छुट्टै यसको अन्तिम अबस्थाको पहिचान गरेका थिए । सन् १९८३ मा नै उनले यो रोगलाई एड्स रोगको नामाकरण गरेका हुन् ।

यो संक्रमणको अबस्था यत्ति विकराल देखिएको छ । सबैले यसको परिक्षण नगराउने भएका कारण यत्ति नै भन्ने यकिन छैन । तर, सन् २०१५ को अन्त्य सम्ममा ११ लाख २२ हजार ९ सयमा यो संक्रमण पत्ता लागीसकेको थियो । यी मध्य १८,१६९ जना एड्सको अबस्थामा पुगेको थिए ।
यो संक्रमण हट्ने कुनै उपचार पद्धती नभए पनि यसको प्रभावलाई कम गर्ने उपचार पद्धती अहिले संसारमा नै प्रचिलित छ । जसलाई एआरटी भनीन्छ । तीन भिन्न औषधी प्रदान गर्दै सिडी फोर घट्ने क्रमलाई रोक्न यो औषधी प्रदान गरिन्छ । तर, हरेक औषधीको साइड इफेक्ट हुने भएका कारण हरेक समय चिकित्सकको सल्लाहमा रहन भने जुरुरी मानीन्छ ।
कहाँ पुग्यो औषधी पत्ता लगाउने अभियान
जव मानीसमा यो संक्रमणको समस्याले संसारलाई बिस्मयमा पार्दै गयो । विज्ञानका सामु एउटा चुनौती पनि थपीयो । यसै चुनौती विच एन्टी रेक्ट्रोभाइल उपचार पद्धती संसारमा प्रचलनमा आयो । यसका केही चुनौती छन्, प्रत्येक समय उपचार गराउनु पर्ने, चिकित्सकको सल्लाहमा रहनु पर्ने तथा सतर्क रहनु पर्ने समस्या त छन्, तर, यसको असर कुनै समय पछि देखिनै हाल्ने भएकाले यसलाई पूर्ण उपचार पद्धती विज्ञानले मान्न सकेन ।
यसको विकल्पको रुपमा फक्सनल क्योरको पभती पनि परिक्षणको रुपमा नआएको होइन । यसको मतलब एचआइभिको असरलाई कम गर्ने अर्थात । भाइरसको संख्यामा कमी ल्याउने र नियमित समयको अन्तरालमा औषधी गर्ने । यो परिक्षण गर्नेमा केही समय पछि नै भायरस सक्रिय भएको देखियो ।
अर्को पद्धतीको प्रयास नभएको होइन । स्टर्लीङ क्युरको रुपमा शरिरमा रहेको सम्पूर्ण रगतका संक्रमणलाई हटाउने यो उपचारको खोजी लामो समय देखि भइरहेको छ । तर, बैज्ञानीकहरु यस सवालमा असफल भएका छन् । सन् २००७÷०८ मा बर्लीनमा एउटा घटना भएको थियो । एक बिरामी ल्युकेमियाका कारण किमो थेरापी गरे र बोनम्यारो पनि प्रतिस्थापन गरे । तर, यस पछि उनीमा रहेको एचआइभि संक्रमण हटेको पाइयो ।
यद्धपी चिकिस्तकहरु एचआइभी भएकाको बोनम्यारो प्रत्याक्रमण चुनौतीपूर्ण मान्छन् । तर, पनि “ बर्लीन पेसेन्ट ”को रुपमा विज्ञानमा चिनिएका यी बिरामीको घटना उत्साहप्रद भने मानीयो ।
पछिल्लो समय तीन खाले अध्ययन भइरहेको मानीन्छ । “एक्टीभेट एन्ड इरेडिकेट” यो प्रयास अन्तरगत संक्रमीत सेल सबै मार्ने पद्धतीको खोजी भइरहेको छ । दोश्रो पद्धतीको प्रयास भने जिन एडिटिङको रुपमा रहेको छ । यो अन्तरगत एम्युन सेललाई संक्रमणले छुन नसक्ने बनाउने । तेश्रो प्रयास सबै इम्युनसेललाई प्रतिस्थापन गर्ने । यसलाई त अझ चुनौतीपूर्ण मानीएको छ । यो रोग नसरोस भन्नका खातीर भ्याक्सीनको प्रयोग भयो । तर, यो भ्याक्सीन आंशिक रुपमा मात्र सफल रहेको छ ।
एड्स एउटा अबस्था हो । जुन अबस्थामा मृत्यु पर्खनु बाहेक उपाय छैन । तर, एचआइभी एउटा संक्रमण हो । विज्ञान यो संक्रमणको उपचार पद्धतीको धेरै नजीक पुगी सकेको छ । सायद केही बर्षमा टुंगो पनि पुग्ने छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्