Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

अब बैंक र सरकारले गर्ने जग्गा मूल्यांकन एउटै हुने



काठमाडौं। सरकारले सबै निकायलाई मान्य हुने गरी जग्गाको एउटै मूल्याङ्कन गराउने योजना अगाडि सारेको छ। भूमि व्यवस्था मन्त्रालयले भूमिनीति २०७५ मार्फत मूल्यांकनमा एकरुपता ल्याउन खोजेको हो।

भूमिनीति२०७५ मन्त्रीपरिषद्बाट स्वीकृतिको अन्तिम चरणमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले बिजमाण्डूलाई बताए। अहिले मालपोत कार्यालयले जग्गा रजिष्ट्रेशनका लागि एउटा मूल्याङ्कन गर्छन् भने स्थानीय तहले आफ्नो कर प्रयोजनको लागि छुट्टै मूल्याङ्कन प्रयोग गर्छन्। बैंकले ऋण दिँदा छुट्टै मूल्याङ्कन र कुनै आयोजनाको मुआब्जा दिँदा पनि छुट्टै मूल्याङ्कन गर्ने गरिएको छ।

अब भने सरकारले जिआईएस नक्शा बनाउने र सबै ठाउँको मूल्याङ्कन जिआईएस नक्शाकै आधारमा स्वचालित रुपमा घटबढ हुने गरि एउटै मूल्याङ्कन कार्यन्वयनमा ल्याउने योजना अघि सारेको छ। यसरि जिआईएस प्रविधिमा मूल्याङ्कन गर्दा कतै बाक्लो वस्ती विकास भयो भने उक्त ठाउँको मूल्याङ्कन त्यसै अनुसार बढ्ने र कतै बाढी पहिरोले जग्गाको प्रकृति नै परिवर्तन गरेमा उक्त ठाउँको मूल्याङ्कन स्वचालित रुपमा घट्ने छ।

प्रतिक्रिया दिनुहोस्