Logo
Logo

विस्फोटमा संलग्न नौ जना पक्राउ



काठमाडौं । काठमाडौको विभिन्न स्थान शनीबार बम विस्फोट भएपछि प्रहरीले विस्फोटमा संलग्न नौ जनालाई पक्राउ गरेको छ । घट्टेकुलोमा रहेको बमलाई अर्को स्थानमा लैजान सहयोग गर्न गएका सात जनालाई सशस्त्र प्रहरीको विशेष टोली र वानेश्वर वृत्तको टोलीले पक्राउ गरेको हो । त्यस्तै थानकोटबाट एक जना र घट्टेकुलोबाट एक जना गरी नौ जना पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले, तेजबहादुर मोक्तान, चित्रकमल ओली, राकेश श्रेष्ठ, आशिष तामाङ लगायत रहेका छन् ।

डिएसपी बोगटीका अनुसार कोटेश्वर तथा अन्य स्थानमा कुकर बम राखेर मसाल जुलुशको तयारी गर्दै गरेको अवस्थामा सात जनालाई पक्राउ गरिएको हो । घट्टेकुलोस्थित प्रज्वल शाहीको कोठामा रहेको सिलिण्डर बमलाई उनीहरुले जडीबुटीमा राख्ने योजना बनाएका थिए । प्रहरीका अनुसार काठमाडौ भित्रने नाकामा बम विस्फोट गराउने योजना रहेको थियो । सोही अनुसार उनीहरुले चक्रपथस्थित धुम्बाराही, चावहिल, जडीबुटी, नयाँ बसपार्क, सातदोबाटो, लगनखेल, बल्खु, कलंकी र थानकोटलाई मूख्य निशाना बनाएका थिए । प्रहरीले जनाए अनुसार सोमबार विहान उपत्यकाभित्रको अवस्था समान्य रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको