Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

५ सय ४३ स्थान मध्ये ५ सय ३७ स्थानमा रुझान सार्वजनिक, भाजपा २ सय ७८ स्थानमा अग्रता



भारत । भारतमा जारी लोकसभा निर्वाचनको प्रारम्भिक रुझानमा भाजपा पुनः सत्तामा पुग्ने संकेत देखाएको छ । भारतीय निर्वाचन आयोगले ५ सय ४३ स्थान मध्ये ५ सय ३७ स्थानमा रुझान सार्वजनिक गरेको छ। पछिल्लो तथ्यांक अनुसार भाजपा २ सय ७८ स्थान अग्रता कायम गरेको छ।

भाजपा बहुमतका संख्याभन्दा बढी हो। विपक्षी दल कांग्रेसको ६३ स्थानमा आग्रता छ। त्यसैगरी आन्ध्र प्रदेशका क्षेत्रीय दल वाइसीआर कांग्रेसले २३ स्थानमा आग्रता कायम गरेको छ। त्यसैगरी पश्चिम बंगालमा त्रिणमुल कांग्रेस र तामिलनाडुको डिएमकेले २२ –२२ स्थानमा आग्रता कायम गरेको छ।

महाराष्ट्रमा शिव सेनाले १७ तथा जनता दल युनाइटेडले १५ स्थानमा जीत हासिल गरेको छ।

त्यसैगरी उत्तर प्रदेशमा बहुजन समाज पार्टीका १५ र समाजवादी पार्टीले ९ स्थानमा आग्रता कायम गरेको छ। भाजपाले उत्तर प्रदेशमा केही स्थानमा पछि परे पनि पश्चिम बंगाल, उडिसा, उत्तर पूर्वी राज्यमा त्यसमा क्षतिपूर्ति गरेको छ।

प्रतिक्रिया दिनुहोस्