Logo
Logo

पूर्वयुवराज पारसलाई पनि बंशाणुगत हृदयघात



काठमाडौँ । पारस शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिए ।

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ । हाल शाहलाई सीसीयूमा सारिएको चिकित्सकहरुले बताएका छन् । पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको प्रा.डा. यादव देव भट्टले बताए ।

पूर्वराजा ज्ञानेन्द्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।
यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । पारसलाई हिजो पाटनमा पूजामा सहभागि भएर फर्किने क्रममा एक्कासी छाती दुखेको थियो भने तत्कालै नर्भिक अस्पताल पुगेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको