Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

त्रिपाठीको संयोजकत्वमा मातृभूमिका लागि नेपालीको केन्द्रिय परिषद घोषणा



काठमाण्डौं । वरिष्ठ पत्रकार एवं नागरिक समाजका अगुवा देवप्रकाश त्रिपाठीको संयोजकत्वमा मातृभूमिका लागि नेपालीको केन्द्रिय परिषद घोषणा भएको छ । काठमाण्डौंमा आयोजित मातृभूमिका लागी नेपालीको महाभेलाले त्रिपाठीको संयोजकत्वमा केन्द्रिय परिषद् घोषणा गरेको हो ।

भेलाका सहभागीलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो। केशवप्रसाद भट्टराइको सभातित्वमा आयोजित भेलामा विभिन्न जिल्लाका सचेत नागरिकको सहभागिता थियो ।

परिषद्मामा डा तिलक रावल, केशव प्रसाद भट्टराई, नारायण प्रसाद कोइराला, अरुण कुमार सुवेदी, डा राजेश अहिराज, लक्ष्मी प्रसाद आचार्य, डा भरत थापा, सुवास आचार्य, गोमा प्रधान, बिमला थापा, नरोत्तम श्रेष्ठ, सनत आचार्य, दीपक गजुरेल, डिल्ली बसेल, शम्भुमान सिंह, हमिद शाह, जगदिश कुमार थापा, भवानी शर्मा, रामेश्वर चौलागाईं, राजकुमार श्रेष्ठ, राजाराम श्रेष्ठ, कृष्णराज शर्मा, शेखर ढुङ्गेल, सुशील देवकोटा, सागर सुवेदी, यमलाल सुवेदी, डा अम्बारिश पोखरेल, भोजराज क्षेत्री, छत्रबहादुर मैनाली, वीर बहादुर चौधरी, नवीन हमाल, विजय ज्ञवाली, पूर्ण सिह खड्का, राजेन्द्र राना, बृषध्वज वाइवा, श्यामसुन्दर शर्मा, डिल्ली बसेल, माधवी कटुवाल, काशिराम ढुङ्गाना, आभा सेतु सिंह, बासुदेवचन्द्र मल्ल, गौरिलाल डागी, राम प्रसाद पौडेल, डा गणेश शाह, अमन खड्का, कल्पना मेघाले मगर, गजेन्द्र हमाल, गजेन्द्र पौडेल, दिलमाया तामाङ, प्रवल नरसिंह राणा, रमेश रिसाल, रामेस्वर राउत, कृष्ण लामा, काशिराम पाठक, हर्क कार्की, जयबहादुर मल्ल, केशव चौलागाईं, यज्ञ बहादुर थापा, अमर सुनार, रोममणी पाठक, युबराज केसी, छन्द भुषाल, केशव खतिवडा, जुलुम रत्न डङ्गोल, कर्ण केसी, हरिराज श्रेष्ठ, जगतगुरु बीरेन्द्र आचार्य, स्वरुप सुयल, बीरेन्द्र साह, अफजल मिया र माधव नेपाल छन।

भेलामा डा सुन्दरमणी दीक्षित, डा तिलक रावल, डा केबी रोकाया, डा चिन्तामणी योगी, देवप्रकाश त्रिपाठी, डा राजेश अहिराज, नारायण प्रसाद कोइराला, सनत आचार्य, केशव प्रसाद भट्टराई, भरत रोका, बृषध्वज वाइबा आदिले सम्बोधन गर्दै राष्ट्रीयता र राष्ट्र माथी आएका सङ्कट बारे सङ्क्षिप्त तर गंभिर चर्चा गरेका थिए।

गाउँछ गीत नेपाली गीतबाट सुरु भएको कार्यक्रममा चर्चित गायक शिशिर योगीले मार्मिक राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । भेलाले राष्ट्रीयता शुसासन र आर्थिक संवृद्धिलाई जोड दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्