Logo
०४ कार्तिक २०७७
(Tuesday 20th October 2020)

सनराइज बैंकको कामु प्रमुख कार्यकारीको जिम्मेवारी राणाले समाल्ने



काठमाडौं। सनराइज बैंकको कामु प्रमुख कार्यकारीको जिम्मेवारी आशा राणा अधिकारीले समाल्ने भएकी छन् । कार्यकाल पुरा गरि प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बाहिरिन लागेकाले नयाँ प्रमुख कार्यकारी नियुक्त नभएसम्म कामुको रुपमा राणाले बैंक व्यवस्थापन समाल्न लागेकी हुन् ।

बज्राचार्यले ुचार बर्षको एक कार्यकाल पुरा गरेर बाहिरिने आफनै नीतिका कारण सनराइज बैंक छाडेका हुन् ।

बैशाख मसान्तमा उनको कार्यकाल पुरा हुँदैछ। बैंकले आइतबार बज्रचार्यको बिदाइ गर्ने कार्यक्रम तय गरेको छ।

बज्राचार्य यसअघि ग्लोबल आइएमइ बैंकमा थिए। त्यहाँ पनि उनले चार बर्ष बिताएर बाहिरिएका थिए। त्यसअघि एनसिसी बैंकमा पनि उनले चार बर्ष मात्र काम गरे ।

नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। यता, कुशल बैंकर भनेर चिनिएकी राणा पनि ५८ बर्षे उमेर हदका कारण बैंकबाट अवकाश हुँदैछिन्।

बज्राचार्य बाहिरिएसँगै नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ।
नयाँ प्रमुख कार्यकारीको रेसमा तीन जना देखिएका छन्। बैंक सञ्चालक समितिसँग जनक शर्मा पौडेल, अनुजमणि तिमिल्सिना र निरज श्रेष्ठको चर्चा छ।

प्रतिक्रिया दिनुहोस्