
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले म्यानपावरको अनुगमनलाई तिव्रता दिएका छन् । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने उदेश्यले भुसालले सोमबार आफैं अनुगमनमा निस्किएका हुन् । उनले कर्मचारीलाई नतिजामुखी अनुगमनको विधि समेत सिकाए ।
विभागको टोली सुरुआतमा एयरपोर्ट नजिकैको ‘स्काई अफ दि वर्ल्र्ड म्यानपावर’मा पुग्यो । टोलीलाई देख्नासाथै म्यानपावरको सञ्चालक र कर्मचारीको तर्सिए । विभागको टोलीले फाटाफटी आवश्यक कागजातहरु माग्यो ।
म्याानपावर सञ्चालक राधा केसी र हेमराज राईले विभिन्न कागजात टोली समक्ष प्रस्तुत गरे । तर कतिपय कागजात तर्कसंगत र विश्वासिला थिएनन् ।