Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

नेपाली, इण्डियन, कन्टिनेन्टल र थाई खानाका परिकार माई ताईले पस्किने



काठमाण्डौ । काठमाण्डौको मुख्य व्यापारीक क्षेत्र लाजिम्पाटमा ‘माई ताई रेष्टुरेन्ट एण्ड बार’ सञ्चालनमा आएको छ ।

फोर स्टार दी हिमालय होटलको पहिलो तलामा सुरु गरिएको माई ताईको नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य दिपक महतले गत शुक्रवार एक कार्यक्रमकाविच औपचारिक रुपमा सुरु गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया, पर्यटन व्यवसायी राजेन्द्र बजगाँई, शेर्पा संघका महासचिव संगम शेर्पा, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष कमला गुरुङ, डिटीएम संयोजक माधव प्रकाश सुवेदी लगायतको सहभागिता रहेको थियो ।

बिशेषतः नेपाली, इण्डियन, कन्टिनेन्टल र थाई खानाका परिकार माई ताईले पस्किने छ भने थाई बक्सिङ खेलाडीहरुमा लोकप्रिय ‘मो आई थाई’ ककटेल र मकटेल पेय पदार्थ विशेष आकर्षणको रुपमा रहेको छ ।

सुविधा सम्पन्न एसी हल, बर्थडे, पार्टी तथा अन्य बिभिन्न कार्यक्रमका लागि १५० जना क्षमताको सेमिनार हल समेत रहेको छ ।

१५ वर्षदेखिका अनुभवी सेफ, कलात्मक शान्त सुन्दर थाङ्का संस्कृतिको अनभुव समेत यहाँ पुग्ने आगन्तुकले अनुभव गर्न सक्नेछन । प्रवेशद्धारमा नै विशाल गुम्बा आकृतिका रुम, मधुर शान्त वत्तिका साथमा फोर स्टार होटलकै मापदण्ड पुरा गरी माई ताई सजिएको छ ।


पर्यटन क्षेत्रमा २० बर्षभन्दा लामो समयदेखि सक्रिय वरिष्ठ युवा पर्यटन व्यवसायी, निट नेपालका केन्द्रिय सदस्य तथा राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोजका केन्द्रिय सल्लाहकार छेटुप तामाङ, पर्वतारोहण व्यावसायी निमा डि शेर्पा, नेपाल र दुबईका स्टार होटलमा लामो समय अनुभवी राजन भण्डारी लगायतको सयुक्त लगानीमा माई ताई रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।


मध्यम र उच्च वर्गका लागि विशेष फोकस उक्त रेष्टुरेन्ट विदेशी माझ विशेष लोकप्रिय रहने सञ्चालक छेटुप तामाङले बताए । खानाको स्वाद र सेवाले स्वदेशी, विदेशी ग्राहकको यो रेष्टुरेन्टले पक्कै मन जित्ने तामाङको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्