Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त



काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिर प्रसाद दाहाल नियुक्त भएका छन् ।

बैंकले हाल सीवीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा कार्यसम्पादन गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

करिव १६ वर्ष अघि बैंकिङ्ग करियर सुरु गरेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतमा यस बैंकमा प्रवेश गरेका दाहाल यस अघि बैंकको भगिनी संस्था सीवीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागलाई उनले कुशलतापूर्वक संचालन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्