Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

बाँस्कोटाले भने वृद्धभत्ता बढाउने काम अघि बढिसक्यो, छोराछोरीको कमाइबाट पनि खातामा पैसा



काठमाडौं । सरकारले वृद्धभत्ता बढाउने तयारी सुरु गरेको छ । गत निर्वाचनको चुनावी घोषणा पत्रमा वृद्धभत्ता बढाउने भनेर नेकपाले गरेको प्रतिवद्धता अनुसार नै आउँदो बजेटमा वृद्धभत्ता बढाउन लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

प्यूठानको गौमुखीमा आयोजित सम्मेलनमा मन्त्री बाँस्कोटाले वृद्धभत्ताको साथै सरकारले जेष्ठ नागरिकको लागि १ लाखको विमा गर्ने र त्यसको प्रिमियम समेत सरकारले तिर्ने समेत वताए।

सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको समेत उनले जानकारी दिए । यसअघि वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वकै अघिल्लो सरकारले वृद्धभत्ता बढाएर २ हजार रूपैयाँ पु(याएको थियो ।

जनताले प्रत्यक्ष अनुभव गर्ने काम अघि बढिसकेको बताउँदै उनले विरोधीको मुख बन्द हुने समय आएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्