Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण पक्का, राष्ट्रपति भण्डारीको चीन भ्रमणपछि मिति तय हुने



काठमाण्डौं । चिनियाँ राष्ट्रपति सि जिङ्गपिङले नेपाल भ्रमण गर्ने निश्चित भएको छ । बारम्बारको छलफल पछि सि नेपाल आउन तयार भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा सिलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्ने नेपाल सरकारको तयारी छ । भण्डारीको निमन्त्रणापछि चिनियाँ पक्षले भ्रमणको मिति तय गर्ने उच्च स्रोतले बतायो । यहि बर्षको अगष्टसम्ममा चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण भइसक्ने उच्च स्रोतको दाबी छ ।

चिनियाँ राष्ट्रपति सी जिङ्गपिङको निम्तोमा राष्ट्रपति भण्डारी चीन जान लागेकी हुन् । चीनको राजधानी बेइजिङमा अप्रिलमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुुन राष्ट्रपटि भण्डारी चीन जान लागेकी हुन् ।

सिको भ्रमणका बारेमा बेइजिङले सकारात्मक संकेत पठाइसकेको छ । सिको नेपाल भ्रमण हुने पक्का भएपछि चिनियाँ राजदुत होऊ यान्छीको दौडधुप निकै बाक्लिएको छ । उनले नेपालका उच्च सरकारी अधिकारीसँग छलफल गरिरहेकी छिन् ।

यसअघि बारम्बारको तयारी पछि पनि चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण हुन सकेको थिएन । छिमेकी मुलुक भारत, बङलादेश लगायत दक्षिण एशियाली देशको भ्रमण भइसक्दा पनि सि नेपाल आएका छैनन् । सुरक्षा जोखिम देखाउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको अर्थाइएको छ ।

तर, परराष्ट्र्का जानकारको वुझाइ फरक छ,  नेपालको अस्थिर सरकार र ढुलमुले परराष्ट्र नीति नै मुख्य कारण कारक बन्दै आएको छ । यदि यो भ्रमण पक्का भए केपी शर्मा ओली नेतृत्व सरकारको ठुलो उपलव्धी हुने पनि कुटनितिज्ञ वताउँछन् ।

राष्ट्रपति सिको भ्रमणका क्रममा रेल, सडक,  हाइड्रो, पर्यटन लगायतका क्षेत्रमा अरर्बौ सहयोगको घोषणा गर्ने चिनियाँ पक्षले तयारी गरिरहेको छ । सिको भ्रमणका क्रममा लगानीका केही महत्वपुर्ण विषयमा संझौता हुने छ । त्यसका लागि नेपालतर्फबाट पनि सुक्ष्मताका साथ तयारी भइरहेको परराष्ट्र मन्त्रालयका एक कर्मचारी बताए ।

प्रतिक्रिया दिनुहोस्