Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

सडक विभागका महानिर्देशक शर्मालाई “सुप्रवल जनसेवाश्री” पदक



काठमाण्डौं । सडक विभागका महानिर्देशक केशवकुमार शर्मा “सुप्रवल जनसेवाश्री” पदकबाट विभूषित भएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले महानिर्देशक शर्मालाई विभूषित गरेकी हुन् ।

झण्डै तीन दशकदेखि निजामति सेवामा रहेका शर्मा निजामति सेवामा अब्बद कर्मचारीका रुपमा परिचित छन् । “सुप्रवल जनसेवाश्री” पदक कर्तब्यनिष्ट राष्ट्रसेवकलाई प्रदान गरिन्छ ।

विभूषित शर्माले यो पदकले आफुलाई थप जिम्मेवारी र दायित्वबोध गरेको बताए।

प्रतिक्रिया दिनुहोस्