Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबिच घनिभूत छलफल, बिहीबार राति र शुक्रबार दिनभर चन्द्रागिरि रिसोर्टमा



काठमाडौं । नेकपाका शिर्ष नेताबिच पार्टी एकता प्रकृयालाई अन्तिम रुप दिन व्यापक छलफल भइरहेको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलबीच पार्टी एकीकरण टुंग्याउने विषयमा छलफल भएको हो ।

बिहीबार राति र शुक्रबार दिनभर चन्द्रागिरि रिसोर्टमा छलफल भएको एक नेताले बताए। नेताले केके विषयमा छलफल भयो भन्ने गोप्य राखेका छन्। यता, छलफलमा माधव नेपाल पक्ष सहभागि थिएन । पछिल्लो सचिवालय बैठकबाट दुई अध्यक्षले पार्टी एकीकरण प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएका भए पनि त्यसमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि सहभागी गराउने सहमति भएको थियो। नेता नेपाल बिरामी भएका कारण बाहिर निस्किएका छैनन्।

त्यहि कारणले उनीसँग छलफल हुन नसकेको स्रोतले जनाएको छ।गृहमन्त्री थापा यसअघि एकीकरण टुंग्याउन गठित कार्यदलको संयोजक र महासचिव पौडेल सदस्य थिए। चार नेताले केन्द्रीय सदस्यको कार्यविभाजन र एकीकरणको बाँकी काम सक्नेलगायत विषयमा छलफल गरेका छन्।

जिल्ला र भ्रातृ संगठनको नेतृत्व टुंग्याउने विषयमा छलफल भएको छ। १२ महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम दुई साताभित्र टुंग्याउने गरी प्रक्रिया अघि बढाइएको छ।

२२ अप्रिल अर्थात् वैशाख ९ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस भएकाले त्यही दिन सबै प्रक्रिया टुंग्याउने गरी छलफल अघि बढेको छ। यसअघि पार्टी एकता टुंग्याउन अध्यक्ष द्वयले नेताहरु वामदेव गौतम र ईश्वर पोखरेलसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्