Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

नापी विभागको महानिर्देशकको जिम्मेवारी जोशीलाई



काठमाण्डौं । नापी विभागको महानिर्देशकको जिम्मेवारी प्रकाश जोशीले पाएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जोशीलाई नापी विभावको जिम्मेवारी दिएकी हुन् ।

नवनियुक्त महानिर्देशक जोशीले नापी विभागमा देखिएको विकृती अन्त्यका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए । कर्मचारीलाई सम्वोधनका क्रममा जोशीले नापी विभागप्रति आमसेवाग्राहीमा जस्तो छाप छ, त्यसको निराकरण गरेरै छाड्ने प्रतिवद्धता समेत जनाएको विभागका सुचना प्रमुख दामोदर ढकालले जानकारी दिए । जोशीले नापी विभागलाई समय सान्र्दभिक प्रविधिमैत्री बनाउने आफनो योजना समेत रहेको बताए ।

पछिल्लो समय नापी विभागमा गाँजिएको विकृती नवनियुक्त महानिर्देशक जोशीका लागि पहिलो चुनौती देखिन्छ । यसअघि जोशी स्थलरुप नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाको उपमहानिर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्