Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

जिप दुर्घटना हुँदा पूर्वसांसद भण्डारीसहित दुई जनाको मृत्यु



तम्घास । जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

लु १ ज १९५७ नम्बरको जिप गुल्मीमा बिहीबार मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको हो ।


धुर्कोट निवासी भण्डारी २०४८ मा गुल्मीको तत्कालीन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट सांसद बनेका थिए ।

दुर्घटनामा अर्का एक जना बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।

जिप दर्लिनबाट बुटवल जाँदै थियो । जिपमा १० जना सवार थिए ।

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, सोहि वडाकै २६ वर्षीया कोशिला थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।

प्रतिक्रिया दिनुहोस्