Logo
Logo

वैदेशिक रोजगार विभागको जिम्मेवारी भुसालले पाए



काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी भीष्मकुमार भुसालले पाएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले भुसाललाई महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

नवनियुक्त महानिर्देशक भुसालले वैदेशिक रोजगारलाई मर्यादित, वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न सबैलाई आग्रह गरेका छन्।

आफूसामु ठूलो चुनौती र अवसर आएको भन्दै उनले वैदेशिक रोजगारीमा गाँजिएको विकृतको अन्त्यका लागि कुनै कसर बाँकी नराख्ने दाबी गरे ।

भुसाल यसअघि वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत थिए। उनले पुनःनिर्माण प्राधिकरणमा समेत काम गरिसकेका
छन्।

विभागको यसअघिको महानिर्देशक दिलिप कुमार चापागाईं थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना