Logo
Logo

अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

 

नियम उल्लघंन गरी उडान अनुमति दिएको भन्दै मन्त्रालयले नेपाल वायु निगम र फ्लाइ दुबईसँग किन फरक फरक व्यवहार भयो भनी क्षेत्रीसँग प्रष्टीकरण मागेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले क्षेत्रीसँग स्पष्टीकरण सोधिएको पुष्टि गरे ।

 

बुधबार कार्यालय समयभित्रै नेपाल नागरिक उड्ययन प्राधिकरणमार्फत पत्र पठाइएको छ । ‘हामीले यथाशिघ्र जवाफ दिनू भनि पत्र पठाइसकेका छौं, उनले भने ।

मंगलबार राति विमानस्थल बन्द भएको १७ मिनेटपछि पनि फ्लाई दुबईलाई उडान अनुमति दिइएको थियो ।

 

एक साता अगाडि विमानस्थल प्रशासनले जम्मा ४ मिनेट ढिला भएको नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए २३१ को दुबई उडान रोकेको थियो । २७४ जना यात्रुसहित दुबई उड्न लागेको नेपाल एयरलाइन्सको ए ३३० २२० वाइडबडी विमानलाई विमानस्थल प्रशासनले रोकेको समाचार बाहिर आएपछि चौतर्फी बिरोध भएको थियो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम चलिरहेकाले राति १० बजेपछि उडान अवतरण बन्द गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका