Logo
Logo

लेनिन दिवसका दिन नेकपा पार्टी एकता टुँगो लाग्ने



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले पार्टी एकता पनि चाँडै टुँगो लाग्ने विश्वास दिलाए । उनले भने,‘पार्टी एकता विलम्ब भएको छ । हुनै नहुने कुरा भयो । तल्लो तहसम्म एकता नहुँदा ठूलो नोक्शानी भएको छ ।’ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टी एकताको लागि विलम्ब भएको स्विकार गरेको पनि उनले सुनाए । आगामी बैशाख ९ गते लेनिन दिवस परेकोले त्यही दिन एकता टुँगो लाग्ने पनि उनले दाबी गरे ।

 

भुकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलाउन आफू सुरुदेखि नै लागिपरेको उनले जनाए । उनले भने,‘४६ महिना भयो, यो नाका बन्द भएको छ । अब यसलाई सुचारु गर्नुपर्छ ।’ तातोपानी नाका हरेक हिसावले बहुआयामिक महत्वको भएकोले यसलाई चाँडै सुचारु गराउन आफू लागिपरेको उनको भनाई थियो ।

सापकोटाले भने,‘तत्कालिन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा उहाँले चिनियाँ राष्ट्रपतिसँगपनि यो नाका खुलाउनको लागि प्रयत्न गर्नुभएको थियो । त्यतिवेला चिनियाँ राष्ट्रपतिले यो नाकाको बारेमा विशेष चासो देखाउनुभएको थियो । किनकी उहाँ बाल्यकालमा ल्हासामा बस्नुभएको रहेछ । उहाँलाई तातोपानीको बारेमा थाहा रहेछ । उहाँले यसमा मेरोपनि भावना जोडिएको छ भनेर भन्नुभएको थियो ।’

नाका खोल्नको चीनतर्फबाट युद्धस्तरमा काम भैरहेको तर नेपालतर्फबाट भने सुस्त गतिमा काम भएको उनको गुनासो छ । हिजोमात्रै आफूहरु मन्त्रीसहितको टोली लिएर स्थलगत भ्रमणमा गएको पनि उनले सुनाए । चिनियाँ प्रतिनिधिहरुले पनि तोकिएकै समयमा नाका खुल्ने विश्वास दिलाएको उनले जनाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका