Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

केही दिनदेखि तराई मधेशमा चीन विरोधी नारा



काठमाडौं । केही दिनदेखि तराई मधेशमा चीन विरोधी नारा लागिरहेको छ । चैत २४ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा ‘चिनियाँ गो ब्याक’को नारा लागेको थियो भने राजविराजमा पनि त्यस्तै नारा लागेको छ ।

प्रदेश २ सरकारले चीनसँग सम्झौता गरेर कृषि परियोजना सञ्चालन गर्न लागेको भन्दै राजविराजमा प्रदर्शन भएको हो ।

त्यहाँका स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाले चिनियाँ परियोजना सञ्चालन नगर्न भन्दै दबाब दिन प्रदर्शन गरेको युवा नेता किशोर यादवले बताए ।

प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट गाई ल्याइए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिए।

राजविराजको शिव मन्दिरबाट निकालिएको ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै नेता चोकमा पुगि कोणसभाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्