Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

फलोअप : चर्चित उद्योगी व्यवसायी अजेयराज सुमार्गीलाई लगानी सम्मेलनमा किन गरियो उपेक्षा ?



काठमाण्डौं । आर्थिक संवृद्धिका लागि लगानी जुटाउन सरकारले विश्वबाट सयौं लगानीकर्तालाई काठमाण्डौंमा भेला गरायो । सम्मेलनमा सहभागि हुन विश्वबाट सात सय बढि लगानीकर्ता नेपाल आए । तर, नेपाल सरकारले लगानी सम्मेलनमा नेपाली उद्योगी व्यवसायीलाई भने उपेक्षा गरेको छ । लगानी सम्मेलनमा सरकारले उपेक्षा गरेका दर्जन व्यवसायी मध्ये एक हुन चर्चित उद्योगी व्यवसायी अजेयराज सुमार्गी ।

चर्चित उद्योगी व्यवसायी सुमार्गीलाई सम्मेलनमा आमन्त्रण समेत गरिएन । करिब दुई दर्जन व्यवसायका मालिक सुमार्गीलाई लगानी सम्मेलनमा सरकारले निमन्त्रणा समेत गर्न चाहेन । व्यवसायी सुमार्गीको टेलिकम, सिमेन्ट, बैंक, पानी, होटेल, शिक्षा, घरजग्गा, सञ्चार, उर्जा, हस्पिटल मार्ट लगायतको क्षेत्रमा अरर्बौ लगानी छ । अन्य क्षेत्रमा पनि उनको लगानी बढ्दो छ ।
नीजि क्षेत्रबाट थप लगानी ल्याउन व्यवासायी सुमार्गी निकै सक्रिय छन् । सायद निजी क्षेत्रबाट यति धेरै वैदेशिक लगानी ल्याउने सुमार्गी उपल्लो तहमा पर्छन् ।

लगानी सम्मेलनमा व्यवसायी सुमार्गीको अनुपस्थितीका सन्दर्भमा गरिएको प्रश्नमा उनले भने, यो सरकारले जान्ने कुरा हो । मुलुकको आर्थिक संवृद्धिमा सुमार्गी समुहको अरर्बौ लगानी छ, हजारौले रोजगारी पाएका छन्, यो नेपाल सरकारलाई प्रष्ट थाहा छ, नियत के हो मलाई थाहा भएन ।

काठमाण्डौंको पाँचतारे होटेलमा अरर्बौ जुटाउने लगानी सम्मेलन भइरहँदा चर्चित व्यवसायी सुमार्गी भने विदेशी लगानीको समुह लिएर रसुवामा फिल्ड भिजिटमा थिए ।

यता, उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य अरुण सुमार्गीलाई समेत लगानी सम्मेलनमा आमन्त्रण गरिएन । अरुण अजेय सुमार्गीका आफनै भाई हुन । व्यवसायी अरुण सुमार्गीको पनि दर्जन बढि उद्योग व्यवसाय छन् । महासंघका अन्य सदस्यलाई निमन्त्रणा हुँदा अरुणलाई भने निमन्त्रणा भएन ।

आर्थिक संवृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य भएपनि स्वदेशी लगानीकर्तालाई वेवास्था गर्नु सरकारको कमजोरी ठहरिने छ । सवै उद्योगी व्यवसायीलाई साथ लिएर अघि बढ्न सकेमात्र सरकारको आर्थिक संवृद्धिको मुद्धाले सार्थकता पाउने छ । स्वदेशी लागनीकर्तालाई निरुत्साहित गरेर विदेशीलाई मात्र बोलाइए दिगो लगानीको संभावनामा खतरा रहने अर्थविद्हरुको तर्कको छ ।

नीजि क्षेत्रलाई कसैलाई काखा कसैलाई पाखा कदापी न्यायोचि हुँदैन र मानिदैन पनि । यस्ता सम्मेलनमा विदेशी लगानीकर्ताको बढि आश्वासन र कम संझौता कार्यान्वयन हुने गरेको छ ।

मुलुकको संवृद्धिका लागि विदेशी लगानी हाम्रो आवश्यकता र वाध्यता भएपनि स्वदेशी लगानीकर्तालाई पनि साथमा साथ लिएमात्र सरकारले अघि सारेको संवृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्